काठमाडौं । पाँचथर पावर कम्पनीले नयाँ सञ्चालक समिति चयन गरेको छ । कम्पनीको गत फागुन २४ गते सम्पन्न चौथो र पाँचौ वार्षिक साधारण सभाबाट नयाँ सञ्चालक चयन गरेको जनाएको छ । कम्पनीले नयाँ संचालक समितिमा समुह क बाट ५ जना र समुह ख बाट १ जना गरी ६ जना संचालक निर्विरोध चयन गरेको जनाएको छ ।
समुक क बाट नयाँ सञ्चालकमा अध्यक्षमा उमेश श्रेष्ठ, प्रबन्धक सञ्चालकमा पुप्प ज्योति ढुङ्गाना, सञ्चालकहरुमा रघुनाथ पुरी,लाल प्रसाद साँवा लिम्बु र समुह ख बाट राजन काफ्ले संचालक रहेका छन् ।