काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र नागरिक लगानी कोषको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ ।
बैंकले नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको २५ हजार कित्ता र नागरिक लगानी कोषको ५० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री गर्न लागेको हो ।
नेशनल लाइफ इन्स्योरेन्सको न्यूनतम मूल्य ४०४ रुपैयाँ र नागरिक लगानी कोषको १ हजार ५०४ रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्ने हुन्छ ।
शेयर खरीद गर्न ईच्छुक तथा योग्य लगानीकर्ताले चैत ६ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।
शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।