IME Life New

‘दोहोरी च्याम्पियन’ नेपाल टेलिभिजनमा सञ्चारमन्त्रीद्वारा शुभारम्भ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल टेलिभिजनले कि इन्टरटेन्मेन्टको सहकार्यमा फाल्गुण २९ गते, शनिबारदेखि नेपाली लोकसंस्कृति सम्बन्धी दोहोरी च्याम्पियन रियालिटी मेगा–शो नियमित उत्पादन एवं प्रसारण गर्ने भएको छ ।दोहोरी च्याम्पियनको सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल टेलिभिजनको स्टुडियोमा उद्घाटन गरेको हो ।

नेपाल टेलिभिजनले नेपाली लोक संस्कृतिको संरक्षण र सम्बर्द्धन गर्ने उद्देश्यले दोहोरी च्याम्पियन रियालिटी मेगा–शो उत्पादन एवं नियमित प्रसारण गर्ने भएको छ ।सो अवसरमा नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले नेपालको राष्ट्रिय संस्कृतिको जगेर्ना गर्ने उद्देश्यका साथ दोहोरी च्याम्पियन मेगा शो शुरु गरिएको बताउँदै दोहोरी च्याम्पियन कार्यक्रमले थप नयाँ कलाकार जन्माउने विश्वास समेत व्यक्त गरेको थियो ।

Esewa
Crest

सो मेगा–शो प्रत्येक शनिबार बेलुकी ८ः५० बजे नेपाल टेलिभिजनबाट उत्पादन एवं प्रसारण गरिने कार्यक्रम रहेको छ ।दोहोरी च्याम्पियन कार्यक्रमको प्रस्तोताको रुपमा बद्री पङ्गेनी र प्रीति आले रहेका छन्  ।

कुल ३५ लाख रुपैयाँ राशी पुरस्कार रहेको यस कार्यक्रममा प्रथम, द्वीतीय, तृतीय र चौथो हुने गायक समूहले क्रमशः २० लाख, १० लाख, ३ लाख र २ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । दोहोरी च्याम्पियन प्रतियोगिताका लागि देशभरीबाट २४ कलाकार टोलीहरु छनौटमा परेका छन् भने २८ भाग दोँहोरी च्याम्पियन नेपाल टेलिभिजनबाट प्रसारण हुनेछ । दोहोरी च्याम्पियनका निर्णायकहरुमा दोहोरी विज्ञहरु प्रजापति पराजुली, रमेश बीजी, सीता थापा र चन्द्र शर्मा रहेका छन्  ।

नेपाल टेलिभिजनको प्रस्तुति रहेको दोहोरी च्याम्पियनको बजार व्यवस्थापनको रुपमा की एड्भरटाइजिङ सर्भिस रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS