काठमाडौं । युनाइटेड इदी मार्दी एण्ड आरबि हाइड्रोपावर लिमिटेडको ११औं वार्षिक साधारण सभा चैत २० गते हुने भएको छ । उक्त सभा होटल सांग्रिला भिलेज, पोखरा, कास्कीमा बिहान ११ बजे गर्ने जनाएको छ । कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।
सभाको प्रस्तावमा कम्पनीको प्रवन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने, साधारण शेयरधनीको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने तथा विविध विषय रहेको छ ।
साधारण सभा प्रयोजनका लागि चैत ६ गते एक दिन बुक क्लोज गर्ने तयारी कम्पनीको छ । त्यसैले चैत ५ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।