IME Life New

रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधि मार्फत १४ लाख ६० हजार कित्ता आइपिओ निष्काशन गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधि मार्फत १४ लाख ६० हजार कित्ता प्राथमिक शेयर निष्काशन गर्ने भएको छ। कम्पनीले प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको छ।

यस सम्बन्धमा आज रिलायन्स स्पिनिङ मिल्सको कर्पोरेट कार्यालयमा भएको एक कार्यक्रममा रिलायन्स स्पिनिङ मिल्स र क्यापिटलविच शेयर निष्काशन तथा बिक्री प्रवन्धक सम्बन्धी सम्झौता सम्पन्न भएको छ। रिलायन्स स्पिनिङ मिल्सको मुख्य लगानीकर्ता पवन गोल्यान र सञ्चालक अक्षय गोल्यान समेतको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा मिल्सको तर्फबाट सञ्चालक शशिकान्त अग्रवाल र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पारस मणी ढकालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

Esewa
Crest

२०५१ सालमा कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत रुपमा दर्ता भै सञ्चालमा आएको नेपालको सबैभन्दा ठुलो यस स्पिनिङ मिल्सले बुक विल्डिङ विधि मार्फत १४ लाख ६० हजार कित्ता शेयर मध्ये ४० प्रतिशत शेयर योग्य संस्थागत लगानीकर्ता र बाँकी ६० प्रतिशत शेयर सर्वासधारणको लागि निष्काशन गर्न लागेको हो। चार हजार तीन सय भन्दा धेरै जनालाई रोजगार दिन सफल रहेको सय कम्पनीको औद्योगिक कारखाना सुनसरी जिल्लाको दुहवी र खनारमा रहेको छ। उच्च प्रविधियुक्त स्पिनिङ प्लान्ट र मेशिनरी जडान गरि कम्पनीले अन्तर्राष्ट्रिय गुणस्तरको पोलिस्टर, भिसकोष, एक्रिलेक यार्न लगायत सिउने धागोहरु विभिन्न ब्लेन्डमा उत्पादन गर्दै आएको छ। कम्पनीले उद्योगबाट उत्पादिन बस्तुहरु विश्वबजार त्यसमा पनि खासगरी भारत र टर्कीमा ठुलो परिणाममा निर्यात गर्ने गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS