IME Life New

बीमा पेशाको हकहितको लागि सम्पुर्ण अभिकर्ता एकजुट हुन आवश्यक : तिवारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । “सम्पुर्ण बीमाअभिकर्ता एक होऔं“ भन्ने मुल नारा सहित पेशागत बीमा अभिकर्ता संघ नेपाल बिमक समिती नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बाग्लुङमा बीमा अभिकर्ता सशक्तीकरण अभियान सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै पेशागत बीमाअभिकर्ता संघ नेपाल का केन्द्रिय अध्यक्ष नन्द प्रसाद तिवारीले आफ्नो हकहितको लागि देशै भरीका सम्पुर्ण बीमा अभिकर्ताहरु एकजुट हुन आवश्यक रहेको बताए ।

Esewa
Crest

बीमा क्षेत्रबाट देशलाइ आर्थिक उन्नतिमा धेरै सहयोग भएको स्पष्ट पार्दै तिवारीले बीमा अभिकर्ताहरुले देश निर्माणमा ठूलो सहयोग गरेकोले सरकारले बीमा क्षेत्रलाइ प्राथमिकतामा राख्नुपर्ने बताए ।कार्यक्रममा धौलागिरीका बेनि, कुश्मा, बुर्तिवाङ, गल्कोट र बाग्लुङ शाखा मा आबद्ध एक सय २० जना अभिकर्ता सहभागी थिए ।

धौलागिरी अञ्चल स्तरीय कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपाल बिमक समिति नेपाल लाइफ इन्स्योरेन्स कम्पनी का केन्द्रिय अध्यक्ष राजेन्द्र आमत्य, केन्द्रिय वरिष्ठ उपाध्यक्ष कृष्ण प्रसाद आचार्य, अभिकर्ता संघ बाग्लुङका अध्यक्ष रामशरण पोख्रेल, बाग्लुङ शाखाप्रमुख महेन्द्र गुरुङ,कुश्मा उपशाखा प्रमुख ज्ञानु कुवर, बेनि उपशाखा प्रमुख प्रकाश रेग्मी लगायतले बोलेका थिए ।

यस्तै अभिकर्ता संघ बाग्लुङका प्रमुख सल्लाहकार दिपक सापकोटा, बीमा क्षेत्रका धौलागिरी टपर घनश्याम रिजाल, चितवनको पर्सा शाखा अध्यक्ष दुर्गा भट्टराई, चितवनको टाँडि उपशाखा अध्यक्ष पार्वती भुसाल,बुर्तिवाङ उपशाखा अध्यक्ष लक्ष्मी सेन, कुश्मा उपशाखा अध्यक्ष सरस्वती गिरि, बेनि उपशाखा अध्यक्ष जानकी बिश्वकर्मा, गल्कोट संयोजक टोपबहादुर खत्री लगायत ले बोलेका थिए ।

कार्यक्रम पेशागत बीमा अभिकर्ता संघ नेपाल, बिमक समिती का केन्द्रिय सदस्य नेत्र ढकालको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा अभिकर्ता संघ बाग्लुङका उपाध्यक्ष राममाया आचार्य ले स्वागत र सचीव रुपक सुवेदीले संचालन गरेका थिए ।

सो अवसरमा संघको हरेक क्रियाकलापमा सहयोग गरे बापत धौलागिरिका केही अभिकर्तालाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS