काठमाडौं । आज पनि शेयर बजार नेप्से परिसूचक ३९ अंकले घटेको छ । आज शेयर बजार घट्दा नेपाल टेलिकमको २९ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर ७३ रुपैयाँले घटेको छ । कम्पनीको शेयर मुल्य ११ सय ९९ रुपैयाँ रहेको छ ।
एशियन लाइफ इन्स्योरेन्स कम्पनीको २८ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । आज कम्पनीको शेयर मुल्य ८१ रुपैयाँले घटेर ११ सय ९३ रुपैयाँमा कायम भएको छ । नेपाल लाइफको २६ करोड ६७ रुपैयाँको शेयर कारोबार भएको छ । कम्पनीको शेयर मुल्य २ दशमलव ९८ प्रतिशतले घटेको छ ।
शिखर इन्स्योरेन्स कम्पनीको २४ करोड २७ लाख रुपैयाँ, नेको इन्स्योरेन्स कम्पनीको २२ करोड ३३ लाख रुपैयाँ, निफ्राको २१ करोडमाथिको शेयर कारोबार भएको छ ।