IME Life New

हाइड्रो एक्स्पोमा सहभागी हुन ७० भन्दा बढी प्रदर्शकले गरे स्टल बुकिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

दोस्रो संस्करणको हिमालयन हाइड्रो एक्स्पोमा सहभागि हुनका लागि ७० भन्दा बढी प्रदर्शकले सहभागिता निश्चित गरेका छन् । विदेशी प्रदर्शकहरुको पनि उल्लेख्य सहभागिता रहने एक्स्पोको तयारी तिब्र पारिएको आयोजकले जानकारी दिएको छ ।

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) र एक्स्पो एन्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले आगामी माघ ४ देखि ६ गतेसम्म राजधानीको भृकुटीमण्डपमा एक्सपो आयोजना गर्न लागेका हुन् । एक सयभन्दा बढी स्टल रहने एक्स्पोमा सहभागि हुनका लागि विभिन्न मुलुकका झण्डै दर्जन प्रदर्शकले सहभागिता निश्चित गरेको आयोजक इप्पानले जनाएको छ । एक्स्पोमा चीन, भारत, नर्वे, दक्षिण कोरिया, जर्मनी, अस्ट्रिया, बुल्गेरिया, चेक रिपब्लिकलगायत देशका कम्पनीको सहभागिता रहने छ ।

Esewa
Crest

जलविद्युत प्रवर्धक, इक्युपमेन्टस सप्लायर, लगानीकर्ता, बैंक, विमा लगायत जलविद्युतमा नयाँप्रविधि र निर्माणसँग सम्बन्धित विविध क्षेत्रका गरी ७० भन्दा बढी प्रदर्शकले स्टल बुक गरि सकेका छन् । अर्को आयोजक संस्था एक्स्पो एण्ड एभेण्ट म्यानेजमेण्ट सर्भिसेज प्रालिका प्रबन्ध निर्देशक विजय सागर प्रधानले बताए । जलविद्युतका क्षेत्रमा नयाँ आयाम थप्ने लक्ष्यका साथ आयोजना हुन लागेको एक्स्पोमा ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयको संरक्षकत्व रहने छ । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्श, निर्माण व्यसायी महासंघ तथा युथ कम्युनिटी फरनेप्लिज कन्ट्रयाक्टर्सले एक्स्पोलाई प्रवद्र्धन गर्ने छन् ।

नेपाल भारत चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रिी, नेपाल जर्मन चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्री, युरोपियन इकोनोमिक चेम्बर, हाइड्रो निड्स प्रालि, काठमाण्डू युनिभर्सिटी र पर्यटन बोर्डले एक्स्पोलाई सक्रिय सहयोग गर्ने छन् ।

एक्स्पो अवधिमा हाइड्रोपावरका मुख्य विषयमा दैनिक तीनवटा सेमिनार आयोजना गरिनुका साथै युवा पुस्तालाई लक्षित गरि हाइड्रोपावर क्षेत्रमा अभिरुची भएकालाई प्रोत्साहित गर्न हाइड्रोसम्बन्धी विभिन्न कार्यक्रम आयोजना गरिने छ ।हाइड्रोपावरसम्बन्धी उत्पादन र सर्भिसको विकासमा प्रतिस्पर्धा गराइ विद्यार्थी र नयाँ आविस्कार गर्ने मध्येबाट उत्कृष्ट छनोट गरी पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । यसै गरि एक्स्पोमा रोबोटिक प्रतियोगिता गराई विजेतालाई पुरस्कार बितरण गरिनेछ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका हाइड्रोपावर कम्पनीका प्रतिनिधि एक्स्पोमा सहभागी हुँदै छन् । एशियन पेन्ट्स, रेष्ट्रोलोजी, होटल हिमालय र नेपाल शिपिंग एण्ड एयर लजिष्टिक प्रालि एक्स्पोको अफिसियद पार्टनर रहेका छन् ।

एक्स्पोमा हाइड्रोपावर निर्माता, हाइड्रोपावरका सामान उत्पादक, सप्लायर्स, डिजाइनर्स, कन्सलट्यान्ट, इन्सुरेन्स कम्पनी, लगानीकर्ता र बैंक÷वित्त कम्पनीको सहभागिता रहने भएकाले सबैले आफ्नो बजार विस्तारका साथै अनुभव आदान प्रदान गर्ने मुख्य केन्द्र बन्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS