IME Life New

लिवर्टी इनर्जीको ३७ करोड ५० लाख रुपैयाँको आईपीओ आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

लिवर्टी इनर्जी कम्पनीले ३७ करोड ५० लाख रुपैयाँको आइपीओ जारी गर्ने भएको छ । कम्पनीले स्थानीय बासिन्दाका लागि १५ करोड रुपैयाँ र सर्वसाधारणमा २२ करोड ५० लाख रुपैयाँको आइपीओ ल्याउन लागेको हो । १०० रुपैयाँ अंकित मूल्यको उक्त सेयर पहिला स्थानीय बासिन्दाका लागि १५ लाख कित्ता निष्कासन हुनेछ । त्यसपछि फेरि सर्वसाधारणमा २२ लाख ५० हजार कित्ता खुला गरिनेछ ।

Esewa
Crest

आइपीओ जारी गर्न कम्पनीले एनआइबीएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । आइपीओ जारी गर्न लिबर्टी इनर्जी र एनआइबीएल एस क्यापिटलबीच मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।
प्रवद्र्धक कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक डा. आत्माराम घिमिरे र क्यापिटलका तर्फबाट नायव महाप्रबन्धक कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका हुन् । हाल यस कम्पनीको अधिकृत पुँजी १ अर्ब ५० करोड रहेको छ ।
यही पुँजीको १० प्रतिशतका दरले हुने १५ करोड बराबरको १५ लाख कित्ता सेयर उद्योग प्रभावित क्षेत्र लमजुङ जिल्लाका स्थानीय बासिन्दालाई र थप १५ प्रतिशत अर्थात २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता सेयर सर्वसाधारणलाई जारी गरिने भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS