IME Life New

डिजेल पेट्रोलको भाउ २ रुपैयाँले बढ्यो

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको भाउ प्रति लिटर २ रुपैयाँले बढाएको छ। मूल्य बृद्धि पछि डिजेल/मट्टितेलको नयाँ खुद्रा बिक्री मूल्य ९९ रुपैयाँ कायम भएको छ। त्यस्तै पेट्रोलको भाउ ९९ रुपैयाँ कायम भएको छ।

हवाई इन्धन आन्तरिक उडान तर्फको साविकको प्रतिलिटर बिक्री मूल्यमा ५ रुपैयाँले बृद्धि गरि ७२ रुपैयाँ तोकिएको छ। अन्तर्राष्ट्रिय उडान तर्फ भने साविकको प्रतिलिटर बिक्री मूल्यमा अमेरिकी डलर २५ बृद्धि गरि अमेरिकी डलर ८९३ प्रति किलि कायम गरिएको छ। एलपि ग्याँसको खुद्रा बिक्री मूल्यलाई भने यथावत नै कायम राखिएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य क्रमिक रुपमा बृद्धि हुँदै गएकाले नेपालमा पनि बढाइएको निगमले जनाएको छ।

Esewa
Crest

मूल्य समायोजन पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर ८ रुपैयाँ ८२ पैसा, डिजेलमा प्रतिलिटर ६ रुपैयाँ ५६ पैसा तथा एलपि ग्याँसमा प्रति सिलिण्डर ३९२ रुपैयाँ घाटा रहेको निगमले उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS