IME Life New

राजनीतिक अन्योलताले रुमलिए लगानीकर्ता, एक साता पछि छायो हरियाली

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। राजनीतिक अन्योलताले गएको एक सातादेखि दोस्रो बजार प्रभावित भैरहेको छ। आइतबार प्रधानमन्त्री केपि शर्मा वलीले राजिनामा नदिने समाचारले ७९ अंकले ओरालो झरेकोमा सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते प्रतिनिधिसभा आह्वान गरे सँगै ४०.६४ अंकले सुधार देखिएको छ।

राजनीतिक परिस्थिति कसरी अगाडि बढ्छ भन्ने अन्योलताले लगानीकर्ता अन्योलमा पर्दा दोस्रो बजारमा तिव्र उतारचढाव देखिएको हो। यहि अन्योलतामा कतिपय लगानीकर्ताहरुले नाफा बुक गरेका छन्। गत साउनदेखि दोस्रो बजार लगातार सुधार भैरहेको छ। सुधारिएको बजारबाट राम्रो पैसा कमाएका लगानीकर्ता आत्तीदा गएको एक सातामा १६६ अंकले ओरालो झर्यो। कतिपय विश्लेषकहरुले यसलाई करेक्सन भएको बताउदै आएका छन्। यसमा राजनीतिक कारणले सबैभन्दा ठुलो भुमिका खेलेको छ।

Esewa
Crest

सोमबार कारोबार सुरु हुने वित्तीकै ओरालो झर्न थालेको शेयर बजारमा राष्ट्रपतिले फागुन २३ गते प्रतिनिधिसभाको बैठक आह्वान गरेपछि सुधार हुन थालेको थियो। यस अवधिमा बजारमा तिव्र उतारचढाव देखियो। तिव्र उतारचढावका कारण कारोबार रकम भने ५ अर्ब ६९ करोड रुपैयाँमै सिमित भएको छ। बजार सुधार भएको दिनमा ९/१० अर्ब रुपैयाँसम्मको कारोबार हुने गरेको थियो।

सम्पुर्ण सूचक तथा उपसूचक सुधार देखिएको छ। नेप्से सूचक ४०.६४ अंकले सुधार भएर २५१५.०३ अंकमा बन्द भएको छ। सबैभन्दा धेरै व्यापारको सूचक ३.३२ प्रतिशतले बढेको छ। दोस्रो बजारमा २०९ वटा कम्पनीको कारोबार हुँदा १६३ वटाको मूल्य बढेको छ भने ४ वटाको मूल्यमा गिरावट आएको छ।

चन्द्रागिरीको शेयरमा सोमबार पनि सकारात्मक सर्किट लागेको छ। कारोबार सुरु भएको केहि दिन बढ्न नसकेको कम्पनीको शेयरमा पछिल्लो दिन भने सकारात्मक सर्किट लाग्दै आएको छ। चन्द्रागिरीको शेयर मूल्य ४१ रुपैयाँले बढेर ४५५ रुपैयाँ कायम भएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS