IME Life New

युनाइटेड इदी मर्दी हाइड्रोपावरको यस्तो देखियो दोस्रो त्रैमास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनाइटेड इदी मर्दी हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

यस त्रैमाससम्ममा आइपुग्दा कम्पनीले २८ लाख ५७ हजार रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ। अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले १ करोड ६ लाख २८ हजार रुपैयाँ नोक्सानमा थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै यसको नाफा बढेको हो ।

Esewa
Crest

यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ६७ दहमलव ४६ प्रतिशतले बढेर ७ करोड ५१ लाखरुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्ष यसले विद्युत् बिक्रीबाट ४ करोड ४८ लाखरुपैयाँ कमाएको थियो । अन्य स्रोतबाट १ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ ।

कम्पनीको हालकोे चुक्ता पुँजी ४२ करोड रुपैयाँ पुगेको छ । जगेडा कोष भने ४ अर्ब २३ करोड रुपैयाँ ऋणात्मक छ । प्रतिशेयर आम्दानी १ रुपैयाँ ३६ पैसा र प्रतिशेयर नेटवर्थ ८९ रुपैयाँ ९१ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS