IME Life New

प्रभु क्यापिटलमा डिम्याट खाता खोल्दा ९ वर्ष ढुक्क, हरेक वर्ष नविकरण गर्नु पर्ने समस्याको समाधान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। प्रभु क्यापिटलले वर्षै पिच्छे डिम्याट खाता र मेरो शेयरको नविकरण शुल्क भुक्तानी गर्नु पर्ने झण्झट अन्त्य गर्ने नयाँ योजना ल्याएको छ। डिम्याट खाता र मेरो शेयरको खाता नविकरण नगर्दा कतिपय क्यापिटलले खाता नै ब्लक गर्ने गरेका छन्। यसले गर्दा लगानीकर्ताले हरेक वर्ष नविकरण शुल्क भुक्तानी गर्नु पर्ने झण्झट बेहोर्नु पर्छ।

तर प्रभु क्यापिटलमा एक पटक ९९९ रुपैयाँ भुक्तानी गरे पछि ९ वर्षसम्म ढुक्क हुन सकिन्छ। पहिलो पटक ९९९ रुपैयाँ भुक्तानी गरे पछि ९ वर्षसम्म क्यापिटलमा गएर नविकरण शुल्क भुक्तानी गरिरहनु पर्दैन। यो योजना आजैदेखि कार्यान्वयनमा ल्याइएको प्रभु क्यापिटलले जनाएको छ।

Esewa
Crest

यसै योजना अन्तर्गत डिम्याट खाता खोल्दा मेरो शेयरको खाता निशुल्क गरिएको छ। क्यापिटलले अन्य समयमा डिम्याट खाताको वार्षिक शुल्क १०० रुपैयाँ र मेरो शेयरको लागि वार्षिक ५० रुपैयाँ लिने गरेको थियो। यस योजना अन्तर्गत ग्राहकहरुले पहिलो वर्ष ९९९ रुपैयाँ भुक्कतानी गरेपछि ९ वर्षसम्म नविकरण शुल्कका लागि ढुक्क हुन सक्छन्।

यसै योजना अन्तर्गत डिम्याट खाता खोल्ने ग्राहकहरुलाई पोर्टफेलियो व्यवस्थापनमा लाग्ने शुल्कमा ५० प्रतिशत छुट हुने क्यापिटलले जनाएको छ। प्रभु क्यापिटलले लगानीकर्ताको पोर्टफेलियो व्यवस्थापनको पनि काम गर्दै आएको छ। यसबाट पनि लगानीकर्ताले विशेष सुविधा प्राप्त गर्ने छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS