IME Life New

ज्योति लाइफको आइपिओमा फागुन २३ गतेदेखि आवेदन दिन पाइने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले फागुन २३ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन गर्ने भएको  छ। कम्पनीले छिटोमा फागुन २८ गतेसम्म बिक्री खुला गर्ने भएको छ। यदि पहिलो चरणमा बिक्री नभए ढिलोमा चैत ८ गतेसम्म बिक्री खुला गर्न सक्ने छ।

सर्वसाधारणले न्युनतम १० कित्तादेखि अधिकतम ६६ हजार कित्तासम्मको लागि आवेदन दिन सक्ने छन्। कम्पनीले सर्वसाधारण समुहको ६६ लाख कित्ता प्राथमिक शेयर बिक्री गर्न लागेको हो। यस मध्ये ५ प्रतिशत अर्थात तीन लाख ३३ हजार कित्ता कर्मचारीलाई र यति नै कित्ता सामुहिक लगानीकोषका लागि छुट्टाएको छ।

Esewa
Crest

कर्मचारी र सामुहिक लगानीकोषलाई छुट्टाएर बाँकी रहेको ५९ लाख ४० हजार कित्ता प्राथमिक शेयर आम सर्वसाधारण लगानीकर्ताले प्राप्त गर्ने छन्। यस आधारमा कम्पनीको प्राथमिक शेयर न्युनतम १० कित्ताको दरले ५ लाख ९४ हजारले प्राप्त गर्न सक्ने छन्।

यस अगाडि महिला लघुवित्त वित्तीय संस्थाको प्राथमिक शेयरमा १५ लाख ४० हजारले आवदेन दिएका थिए। यहि अनुपातमा आवेदन पर्ने हो भने पनि कम्पनीको प्राथमिक शेयरमा आवदेन दिने मध्ये ९ लाख ४६ हजार जनाको हात खालि हुनेछ। त्यसैले कम्पनीको प्राथमिक शेयरमा १० कित्ताको लागि मात्रै आवदेन दिए पुग्छ।

सर्वसाधारण लगानीकर्ताले मेरो शेयरको अनलाइन एप्लिकेसन तथा आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्ने छन्। प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले गरेको इस्यु रेटिङ अनुसार मध्यम किसिमको सुरक्षा जनाउने ‘केयर एनपि ट्रिपल बि’ प्राप्त गरेको छ।

हाल कम्पनीको संस्थापक शेयर पुँजी एक अर्ब ५४ करोड रुपैयाँ रहेको छ। प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पुँजी दुई अर्ब ३० करोड रुपैयाँ पुग्नेछ। जसमा सर्वसाधारण समुहको ३० प्रतिशत र संस्थापक समुहको ७०  प्रतिशत कायम हुनेछ। प्राथमिक शेयर निष्काशनका बिक्री प्रवन्धक एनएमबी क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS