IME Life New

आइपिओको नतिजा सञ्चार माध्यमले सार्वजनिक गर्न नपाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सञ्चार माध्यमले प्राथमिक शेयर ‘आइपिओ’ को नतिजा आफ्नो वेवसाइटबाट सार्वजनिक गर्न नपाउने भएका छन्। सिडिएससी एण्ड क्लियरिङ्ग लिमिटेडले लगानीकर्ताको गोपनियता सार्वजनिक भएको भन्दै प्राथमिक शेयरको नतिजा सञ्चार माध्यमलाई प्रदान गर्न सम्पुर्ण धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धकहरुलाई पत्राचार गरेको छ।

अधिकाम्स लगानीकर्ताले आफ्नो डिम्याट खाता नम्बर तथा नाम सञ्चार माध्यमबाट सार्वजनिक भएको भन्दै गुनासो गरे पछि इस्यु म्यानेजरहरुलाई प्राथमिक शेयरको नतिजा सञ्चार माध्यमलाई उपलब्ध नगराउन निर्देशन दिइएको सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

Esewa
Crest

धेरै पहिला अगाडि पनि नेपाल धितोपत्र बोर्ड र सिडिएससी विच यस्तो छलफल भएको थियो। प्राथमिक शेयरको नतिजा हेर्न पाउने पर्ने लगानीकर्ताको माग पछि सञ्चार माध्यमबाट हेर्न मिल्ने व्यवस्था गरिएको न्यौपानले बताए। तर पछिल्लो समय लगानीकर्ताको गोपनियताको विषयलाई लिएर आवाज उठेपछि यस्तो सर्कुलर जारी गरिएको सिडिएससीले जनाएको छ।

यो सर्कुलर शुक्रबार बाँडफाड हुने महिला लघुवित्तको शेयरमा पनि लागु हुनेछ। सञ्चार माध्यमले नतिजा सार्वजनिक गर्न नपाउने भएकाले सम्बन्धित निष्काशन तथा बिक्री प्रवन्धकले आफ्नो वेवसाइट मार्फत हेर्न मिल्ने बनाउने छन्। अर्को तर्फ सिडिएससीको मेरो शेयर मार्फत पनि नतिजा हेर्न मिल्ने छ।

सुरुवाति अवस्थामा मेरो शेयरबाट नजिता हेर्न केहि समस्या भए पनि एक दुई दिन भित्रमा सबैले सजिलै हेर्न पाउने सिडिएससीले जनाएको छ। सिडिएससीले मेरो शेयरको व्याक अफिस बढाने काम गरिरहेको र केहि समय भित्रै यसको पुर्ण समाधान हुने रह्याङ नहुने व्यवस्थाका लागि काम भैरहेको न्यौपानेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS