IME Life New

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला, यस्तो छ संक्षिप्त आदेश

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेको छ। सर्वोच्चले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गरेको हो। गत पुस ५ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधि सभा विघटनको सिफारिस गरेको थियो। प्रधानमन्त्रीको सिफारिमा राष्ट्रपतिले गरेको संसद विघटन बिरुद्धमा सर्वोच्चमा रिट परेको थियो। उक्त रिटलाई संवैधानिक इजलासबाट सुनुवाइ गरिएको थियो।  संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेजबहादुर केसीले विघटन विरुद्धका रिटमा सुनुवाइ गरेका हुन्।

सर्वोच्च अदालतले १३ दिनभित्र पुनर्स्थापित प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको छ। सर्वोच्चको यस्तो आदेश सँगै दुई महिनादेखिको राजनीतिक अन्योलता अन्त्य भएको छ। सर्वोच्चले प्रतिनिधिसभा विघटनको निर्णय उल्टाउने र प्रधामन्त्री केपि शर्मा वलीले संकटकाल घोषणा गर्ने हल्लाले मंगलबार दोस्रो बजारमा तिव्र उचारचढाव देखियो।

Esewa
Crest
077-WC-0028_समेत

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS