IME Life New

कोरोना बीमा दाबी भुक्तानी ४ अर्ब नाघ्यो, सरकारले ५० करोड बेहोर्नु पर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। कोरोना बीमाको दाबी भुक्तानी चार अर्ब रुपैयाँ नाघेको छ। बीमा समितिका अनुसार काजगपत्र पुरा गरेका ४१ हजार २६१ जनाले   ४ अर्ब रुपैयाँको दाबी भुक्तानीका लागि स्वीकृति पाएका हुन्। समितिले ४ अर्ब रुपैयाँको भुक्तानीका लागि स्वीकृति दिए पनि बीमितले भने पाउन सकेका छैनन्।

कोरोना बीमा मापदण्ड अनुसार निर्जीवन बीमा कम्पनी, नेपाल पुनर्बीमा कम्पनी, बीमा कम्पनीहरुको महाविपत्ती कोष र बीमा समितिले भुक्तानी गर्नु पर्ने दायित्व अन्तर्गत रहेर बीमा पुलमा साढे तीन अर्ब रुपैयाँ भने पुरा भैसकेको छ।

Esewa
Crest

तर दाबी भुक्तानीका लागि ४ अर्ब रुपैयाँको स्वीकृति भैसकेको छ। बाँकी ५० करोड रुपैयाँ नेपाल सरकारको दायित्व अन्तर्गत पर्दछ। तर समितिले अहिलेसम्म पनि नेपाल सरकार सँग समन्वय गरेको छैन। मापदण्ड अनुसार साढे तीन अर्ब रुपैयाँ भन्दा माथिको दायित्व नेपाल सरकारले बेहोर्नु पर्ने हुन्छ। फागुन ७ गतेको तथ्याङ्क अनुसार नेपाल सरकारको दायित्व अन्तर्गत ५० करोड रुपैयाँ परिसकेको छ। अर्को तर्फ कोरोना बीमाको दाबी पर्ने क्रम रोकिएको छैन।

अहिलेसम्म ४१ हजार  २६१ जनाले दाबीका लागि स्वीकृति पाए पनि स्वीकृतिको पाइपलाइमा ३५ हजार वटा भन्दा धेरै फाइल छन्। यसले गर्दा सरकारले भुक्तानी गर्नु पर्ने दायित्व दिन दिनै बढ्नेछ।

कोरोना बीमा मापदण्ड २०७७ को पछिल्लो संसोधन पछि यस बीमाको पुनर्बीमा पनि भएकोले केहि रहक पुनर्बीमा कम्पनीले बेहोर्ने बीमक संघका चंकी क्षेत्रीले जानकारी दिए। दाबीको केहि हिस्सा विदेशी पुनर्बीमा कम्पनीले बेहोर्ने भएकाले सरकारलाई केहि राहात हुनेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS