काठमाडौं । नेप्से ३ दशमलव ६६ अंकले बढेर २६४० दशमलव ३४ को विन्दुमा कायम भएको छ । बैंकिङ्, फाइनान्स, निर्जिवन बीमा, जीवन बीमा र माईक्रोफाइनान्स बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ।
दिनभरिमा २ सय ७ सय वटा कम्पनीको २ करोड ४३ लाख ५ हजा ६६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८३ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
अपर तामाकोसी र शिव श्री हाईड्रोपावरका लगानीकर्ताले १० प्रतिशतले दरले कमाएका छ भने निफ्राका लगानीकर्ताले ९ दशमलव ९८ प्रतिशतका दरले कमाएका छन् ।
त्यस्तै, नेपाल हाईड्रो डेभलपर, चन्द्रागिरी हिल्स, समृद्धि फाइनान्स, एनआईसी एशिया ब्यालेन्स फन्ड, एनएमबि हाईब्रिड फन्ड एल–१, लिवर्टी इनर्जी, सानिमा इक्विटी फन्डका लगानीकर्ताले कमाएका छन् ।