IME Life New

छ महिनामा १८ जीवन बीमा कम्पनीले कमाए २ अर्ब ४३ करोड मुनाफा, कसको कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ६ महिनाको अवधिमा १८ वटा जीवन बीमा कम्पनीहरुले २ अर्ब ४३ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन्। सञ्चालमा रहेका १९ जीवन बीमा कम्पनीहरुमध्ये राष्ट्रिय बीमा संस्थानले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छैन। जीवन बीमा कम्पनीहरुले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार यस वर्षको ६ महिनाको अवधिमा २३ दशमलब ७७ प्रतिशतले मुनाफा बृद्धि गरेका छन्। गत वर्षको यहि अवधिमा जीवन बीमा कम्पनीहरुले १ अर्ब ९६ करोड ८० लाख २० हजार रुपैयाँ मुनाफा आर्जन गरेका थिए।

बीमाङ्कीय मूल्याङ्कनको क्रममा जीवन बीमा कम्पनीको खुद नाफा घटबढ हुने भएकोले यसरी सार्वजनिक गरिएको मुनाफा भोलिका दिनमा घटबढ हुन्छ। बीमाङ्कीय मूल्याङ्कनका क्रममा कम्पनीको सम्पत्ती तथा दायित्वको मूल्याङ्कन हुन्छ। कम्पनीहरुले अहिले लिएको दायित्व बीमा अवधि रहुन्जेल रहने भएकाले बीमा कम्पनीहरुले वासलातमा देखिएको मुनाफा वितरण गर्न पाउदैनन्। त्यसैले जीवन बीमा कम्पनीको मुनाफालाई यहि तथ्याङ्कको आधारमा विश्लेषण गर्न मिल्दैन। तर कम्पनीहरुको अहिलेको अवस्था हेर्नका लागि भने यो पनि उपयोगी हुन्छ।

Esewa
Crest

वित्तीय विवरण प्रकाशन गरेका कम्पनीमध्ये एक यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा घटेको छ भने १७ वटा कम्पनीको नाफा बढेको छ । हालसम्म वित्तीय विवरण प्रकाशन गरेका १८ वटा कम्पनीमध्ये सबैभन्दा धेरै नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४२ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ३५ करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा भन्दा कम्पनीको मुनाफा २२ प्रतिशतले बढी हो।

तर, मुनाफा बृद्धि प्रतिशतको आधारमा प्रभु लाइफ इन्स्योरेन्स कम्पनी सबैभन्दा अगाडि छ । प्रभु लाइफको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १ सय २५ दशमलव २९ प्रतिशतले बढी हो ।

त्यस्तै, समिक्षा अवधिमा सबैभन्दा धेरै मुनाफा आर्जन गर्ने कम्पनीमध्येको दोस्रोमा नेशनल लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सून्य दशमलव २७ प्रतिशतले नाफा बृद्धि गरी चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २३ करोड ६५ लाख रुपैयाँ नाफा कमाएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले २३ करोड ५८ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो ।

तेस्रोमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत आर्थिक वर्षमा १५ करोड १९ लाख रुपैयाँ नाफा आर्जन गरेकोमा चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा नाफा ३२ दशमलव ४४ प्रतिशतले बृद्धि गरी यस अवधिसम्ममा २० करोड १२ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ ।

आर्जित मुनाफाको आधारमा चौथोमा प्राइम लाइफ इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा २४ प्रतिशतले बृद्धि गरी १९ करोड ३६ लाख रुपैयाँ नाफा कमाएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १७ करोडमाथि मुनाफा आर्जन गर्न सफल भएका छन् । रिलायबल नेपाल लाइफले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ३४ प्रतिशतले बृद्धि गर्न सफल भएको छ भने एशियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ४५ प्रतिशतले बृद्धि गर्न सकेको हो ।

मेट लाइफ यनस्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १६ करोड ३३ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ । गत आथिृक वर्षको सोही अवधिमा कम्पनीले १२ करोढ ७४ लाख रुपैयाँ नाफा कमाएको थियो । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २८ प्रतिशतले बढी हो ।

एलआइसी नेपालसिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आथिृक वर्षको दोस्रो त्रैमासमा ११ करोडमाथि नाफा कमाएका छन् । एलआइसी नेपालले गत आथिृक वर्षको सोही अवधिको तुलनामा नाफा ५० प्रतिशतले बृद्धि गरेको छ भने सिटिजन लाइफले ९ दशमलव ८१ प्रतिशतले नाफा बढाएको छ ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा ५६ प्रतिशतले बृद्धि गरी १० करोड ७८ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

त्यसैगरी गुराँस लाइफ इन्स्योरेन्स कम्पनी र प्रभु लाइफले ८ करोडमाथि नाफा कमाउन सफल भएका छन् । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १४ दशमलव ४१ प्रतिशतले नाफा बृद्धि गरी ८ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ भने सिटिजन लाइफले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा नाफा १२५ प्रतिशतले बृद्धि गरी ८ करोड ८ लाख रुपैयाँ नाफा कमाउन सफल भएको छ ।

आइएमई लाइफले ७ करोड ४० लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको नाफा २० प्रतिशतले बढी हो । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६ करोड १२ लाख रुपैयाँ नाफा कमाएको थियो ।

पाँच करोडमाथि नाफा कमाउने कम्पनी

चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पाँच वटा कम्पनीले ५ करोडमाथि नाफा कमाएका छन् । रिलायन्स लाइफ, सन नेपाल लाइफ,सानिमा लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले पाँच करोडभन्दा बढी नाफा कमाएका छन् ।

एक कम्पनीको नाफा घट्यो

समिक्षा अवधिमा यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको नाफा घटेको छ । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको सोही अवधिमा ७ करोड ७३ लाख रुपैयाँ नाफा कमाएकोमा चालु आर्थिक वर्षको कम्पनीको नाफा १७ प्रतिशतले घटेर ६ करोड ३५ लाख रुपैयाँमा सिमित भएको छ ।

यद्यपि, जीवन बीमा कम्पनीहरुको हकमा भने एक्चुअरी मुल्यांकन पश्चात मात्र वास्तविक खुद नाफा आउने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS