IME Life New

अर्धवार्षिक समिक्षाले शेयर कर्जाको सिमालाई परिवर्तन नगर्दा एकै दिन ९२ अंकको उछाल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेपाल राष्ट्र बैंकले अर्धवार्षिक समिक्षामा शेयर धितोकर्जाको सिमालाई कडाइ गर्ने हल्लै हल्लाले गएका दिनमा केहि ओरालो झरेको शेयर बजार सोमबार पुन उचालिएको छ। सोमबार नेप्से सूचक ९२ दशमलब ४२ अंकले सुधार भएको छ।

राष्ट्र बैंका गरभर्नर महा प्रसाद अधिकारीले आइतबार मौद्रिक समिक्षाका क्रममा पत्रकारको जिज्ञासाको जवाफ दिदै शेयर बजारका विषयमा के के हल्ला चले थाहा छैन तर यस सम्बन्धी कुनै पनि अंकलाई परिवर्तन नगरिएको जनाएका थिए। दोस्रो बजारमा अस्वभाविक रुपमा उचालिरहेको र यसको नियन्त्रणका लागि शेयर धितोकर्जा तथा बैंक तथा वित्तीय संस्थाले लघुवित्तको शेयरमा लगानी गर्न नपाउने भन्दै हल्ला चलाइएको थियो। कतिपय लगानीकर्ताले बजार घटाउन यस्तो हल्ला चलाएको विश्लेषकहरु बताउछन्।

Esewa
Crest

यसै क्रममा गएका दिनमा बजार केहि अंकले ओरालो झरेको थियो। सोमबार बजार पुनः आफ्नै लयमा सुधार हुने क्रममा इतिहासकै सर्वाधिक नयाँ रेकर्ड बनाउन पुगेको छ। नेप्से सूचक ३.७१ अंकले सुधार हुँदा २५८६ दशमलब ०१ अंक कायम भएको छ।

सूचक सँगै कारोबार रकम पनि बढेको छ। सोमबार १० अर्ब ३८ करोड रुपैयाँको कारोबार भएको छ। २०५ कम्पनीको शेयर कारोबार हुँदा १६८ वटा कम्पनीको मूल्यमा सुधार आएको छ भने २ वटा कम्पनीको मूल्य भने घटेको छ। सम्पुर्ण कम्पनीको शेयरमा सुधार हुँदा पञ्चकन्य माइ

हाइड्रोपावर र रैराङ हाइड्रोपावरको शेयरमा भने गिरावट आएको छ।

सोमबार २० वटा कम्पनीको शेयर मूल्य अधिकतम बढ्ने क्रममा सकारात्मक सर्किट लागेको छ भने ३८ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा माथिले सुधार भएको छ। पछिल्लो समय बैंक तथा वित्तीय संस्थाले आक्रामक रुपमा कर्जा विस्तार गरिरहेको र विस्तारै तरलता खुम्चिदै जाने विश्लेषण गरिएको छ। तरलता खुम्चिने वित्तीकै शेयर बजार विस्तारै तल झर्न सक्ने भन्दै केहि लगानीकर्ताहरु शेयर बिक्री गरेर बाहिरिएका छन्। साथ साथै गएका दिनमा लगानीकर्ताहरु डरले शेयर खरिद गर्न पनि सकिरहेका थिएनन् साथै घटेर बिक्री गर्न पनि खोजेको देखिदैन थियो।

बजार सुधारको क्रममा प्राथमिक शेयर निष्काशन गरेको नेपाल इन्फ्राष्ट्रक्चरका शेयरधनी मालामाल भएका छन्। प्राथमिक शेयर सूचिकृत भएको दुई दिननै सकारात्मक सर्किट लागिसकेको छ। सोमबार सबैभन्दा धेरै उछाल लघुवित्त वित्तीय संस्थामा देखिएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS