Connect IPS
IME Life

पाँचथर पावरको दुई आर्थिक वर्षको एजिएम फागुन २४ गते, के के छन् प्रस्ताव ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पाँचथर पावर कम्पनी लिमिटेडको चौथो र पाँचौ वार्षिक साधारण सभा फागुन २४ गते हुने भएको छ । उक्त सभा होटल इम्पेरीयल, बत्तिसपुतली काठमाडौंमा दिनको ११ बजे हुने कम्पनीले जनाएको छ ।

कोरोना महामारीको जोखिमलाई मध्यनजर गर्दै सभा भर्चुअल माध्यमबाट सम्पन्न गर्ने कम्पनीले जानकारी दिएको छ । कम्पनीको माघ २५ गते बसेको सञ्चालक समितिको बैठकले सभा गर्ने निर्णय गरेको हो ।

Prabhu
Crest

सभामा आर्थिक वर्ष २०७५/७६ र २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने, संस्थापक समूहबाट ६ जना सञ्चालक तथा सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिको सुविधा तथा बैठक भत्ता तोकिने एजेण्डा छ ।

साधारण सभा प्रयोजनका लागि फागुन ११ गते ९एक दिन० बुक क्लोज गर्ने तयारी कम्पनीको छ । बुक क्लोजको आधारमा फागुन १० गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन योग्य हुनेछन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS