IME Life New

एकल बीमा शुल्कको विकृति रोक्न केहि दिनमै बीमा समितिले निर्देशिका ल्याउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। बीमा समितिले एकल बीमाको विकृति अन्त्यका लागि निर्देशिका ल्याउने भएको छ। बजारमा एकल बीमाको विकृति धेरै नै देखिएकोले यस विषयमा थप अध्ययनका लागि बीमा समितिले इनसाइड इन्सपेक्सन ‘स्थलगत निरिक्षण’ मा पठाउने समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले बताए। उनले भने ‘यसमा धेरै नै विकृति भैरहेको भन्ने कुरा कम्पनीहरुमै गएर स्थलगत निरिक्षण पछि मात्रै देखिने भएकाले समुह बनाएर निरिक्षणमा जान भनेको छु।’

नियामक निकाय बीमा समितिले राम्रो सँग नियमन नगरेकाले यस्तो अवस्था आएको उनको ठहर छ। उनले थपे ‘कम्पनीहरुले यस्ता पोलिसी बिक्री गरेर विकृति पैदा गरिएको भन्ने कुरा आएकोले पहिलो चरणमा कम्पनीहरुलाई यस्तो कार्य निगर्न आग्रह गरेका छौ।‘

Esewa
Crest

सिलवालले बुधबार यस पोलिसीका विषयमा समितिका कर्मचारीहरु बोलाएरै छलफल गरेका थिए। कर्मचारीहरुले यो पोलिसीको बिक्री बन्द गर्न नहुने तर दोस्रो वर्ष पछि प्रदान गरिने कमिसनमा भने कम गर्दै लैजानु पर्ने सुझाव दिएका थिए। बीमा समिति भित्रै कतिपय कर्मचारीहरु कम्पनीको प्रोलोभनमा छन्। समितिका निर्देशकहरुले यस्तो पोलिसी बिक्री गरे बापत अभिकर्ताले पहिलो प्रिमियमका रुपमा प्राप्त गर्ने १८ प्रतिशत इन्सेन्टिभ आवस्यक रहेको भन्दै वकालत गरेका थिए।

बीमाको पेनिट्रेसन बढाउनका लागि पनि इन्सेन्टिभ आवश्यक रहेको कतिपय निर्देशकको जिकिर छ। जवकी यहि एकल बीमा शुल्कको पोलिसीमा पहिलो बीमा शुल्क भन्ने नै हुँदैन। एकै पटक प्रिमियम भुक्तानी गर्नु पर्ने भएकाले यसमा पहिलो बीमा शुल्क भन्न नमिल्ने विज्ञहरुको राय छ। तर कम्पनीहरुले धेरै बीमा शुल्क आर्जन गरेको देखाउन अहिले पनि बीमा समितिका उच्च व्यवस्थापनलाई यस पोलिसीको प्रिमियमलाई पहिलो बीमा शुल्क मान्नु पर्ने भन्दै प्रभावित पारिरहेका छन्।

समितिका अध्यक्ष सिलवालले यदि यस्तो हो भने आफुले थप अध्ययन गरेर सोमबार मंगलबार नै अर्को निर्देशन जारी गर्ने बताउछन्।

बीमा समितिले बुधबार १९ वटै जीवन बीमा कम्पनीहरुलाई ‘बीमा व्यवसाय बढाउन एकल बीमाशुल्क बीमालेख बिक्री गर्दा बीमा अभिकर्ताहरुलाई अस्वभाविक तरवरले कर्जा प्रवाह गरी सोही कर्जा रकमलाई बीमा शुल्कमा लेखाङ्कन गरी रहेको बुझिन आएको, साथै अधिकांश त्यस्ता बिक्री भएका बीमालेखहरु केहि समय पछि नै समर्पण गर्ने अभ्यास बढिरहेको प्रति समितिको गम्भिर ध्यानाकर्षण भएको छ। अतः यस्ता क्रियाकलापहरु तुरुन्त बन्द गर्न जानकारी गराइन्छ।’ भन्दै परिपत्र गरेको थियो।

समितिका उच्च व्यवस्थापनका कर्मचारीहरले भने अभिकर्ताले पाउने इन्सेन्टिभ बापतको पैसालाई भने अझै नियमन गर्न नहुने अडान राख्दै आएका छन्।

एकल बीमा शुल्कको विकृतिले जीवन बीमा क्षेत्र ध्वस्त हुँदै

व्यवसाय धेरै देखाउन प्रयोग भएको एकल बीमा योजनामा विकृति , कम्पनी खोक्रो हुँदा बीमा समिति मुकदर्शक  

 

एकल बीमा शुल्क नियन्त्रणमा बीमा समितिको टालटुले परिपत्र, यस्तो छ निर्देशन

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS