काठमाडौं । सरकारले खाना पकाउने ग्यास र पट्रोलियम पदार्थको मूल्य बढाएको छ । मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले बुधबार राति १२ बजेदेखि लागू हुने गरी मूल्य वृद्धि गरिएको हो ।
एक वर्षपछि निगमले खाना पकाउने एलपी ग्यासको मूल्य पनि बढाएको छ । डिजेल, पेट्रोल र मटितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाईएको छ भने खाना पकाउने ग्यासको प्रतिसिलिन्डर मूल्य २५ रुपैयाले बढाइएको निगमले जनाएको छ ।
अब पेट्रोलको मुल्य प्रतिलिटर मूल्य ११२, डिजेल तथा मटीतेलको ९५ र खाना पकाउने ग्यासको प्रतिसिलिन्डर मूल्य १४०० सय रुपैयाँ कायम भएको निगमले बताएको छ ।