IME Life New

दोस्रो बजारले सर्वाधिक कारोबारको नयाँ रेकर्ड बन्दा कुन ब्रोकरको योगदान कति?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। दोस्रो बजारले नयाँ रेकर्ड बनाउने क्रममा आइतबार अहिलेसम्मकै सर्वाधिक कारोबार भएको छ। सोमबार एकै दिन १० अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको छ। सबैभन्दा धेरै कारोबार हुँदा नासा सेक्युरिटिजले मात्रै एक अर्ब ४० करोड रुपैयाँको कारोबार गरेको छ। नासाबाट ८६ करोड तीन लाख रुपैयाँको बिक्री भएको छ भने ५३ करोड ७८ लाख रुपैयाँको खरिद भएको छ। २ करोड ५८ लाख रुपैयाँको म्याचिङ भएको छ।

दोस्रो धेरै कारोबार गर्नेमा अनलाइन सेक्यरिटिज परेको छ। अनलाइनले आइतबार एक अर्ब १४ करोड रुपैयाँ कारोबार गर्न सफल भएको छ। अनलाइनले ५० करोड रुपैयाँको खरिद गर्दा ६४ करोड ६१ लाख रुपैयाँको बिक्री गरेको छ।

Esewa
Crest

तेस्रो नम्बरमा रहेको इम्पेरियल सेक्युरिटिजले ९१ करोड २३ लाख रुपैयाँको खरिद बिक्री गरेको छ। कम्पनीले ४५ करोड रुपैयाँको खरिद गरेको छ भने ४५ करोड रुपैयाँकै बिक्री गरेको छ। सबैभन्दा धेरै कारोबार गरेका ब्रोकरबाट बिक्री बढि भएको छ।

पछिल्लो समय दोस्रो बजारले दिन दिनै नयाँ रेकर्ड बनाइरहेको छ। नयाँ  रेकर्ड बनाउने क्रममा सोमबार नेप्से सुचक कारोबार रकम र बजार पुँजीकरणमा सर्वाधिक धेरैको रेकर्ड कायम भएको छ।

कुन ब्रोकरको कारोबार कति ? 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS