काठमाडौं । आज साताको पहिलो दिन शेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । आज नेप्से परिसूचक ४८ दशमलव ७४ अंकले वृद्धि भएर २ हजार ५ सय २४ अंकको विन्दुमा कायम भएको छ ।
आज २ सय २ वटा कम्पनीको १ करोड ७७ लाख ३६ हजार ७ सय ३४ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४४ करोड रुपैयाँको शेयर कारोबार भएको छ । आज बैंकिङ,विकास बैंक र म्युचअल फण्ड बाहेक सबै उपसूचक बढेका छन् ।
आज सबैभन्दान धेरै हिमालयन डिस्टलरीको ५३ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल लाइफ र शिखर इस्योरेन्स कम्पनीको ३१ करोडमाथिको शेयर करोबार भएको छ ।
त्यस्तै, आज सबैभन्दा धेरै गणपति माइक्रोफाइनान्स, डिप्रोक्स लघुवित्त, सारथी नेपाल लघुवित्त, आरएसडिसी लघुवित्त, मेरो माइक्रोफाइनान्स, निर्धन उत्थान लघुवित्त, मञ्जुश्री फाइनान्स र नागरिक लगानी कोषका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने आज सबैभन्दा धेरै नेपाल फाइनान्सका लगानीकर्ताले ६ प्रतिशतभन्दा बढीका दरले गुमाएका छन् ।