IME Life New

चन्द्रगिरी हिल्सको पहिलो कारोबार १६१ रुपैयाँमै म्याचिङ

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। चन्द्रागिरी हिल्सको पहिलो कारोबार १६१ रुपैयाँमा म्याचिङ भएको छ। आइतबारदेखि दोस्रो बजारमा कारोबार खुला भएको हो। प्रिओपनिङ सेसनमा दुई जनाले १०/१० कित्ता शेयर १६१ रुपैयाँमै बिक्री गरेपछि पहिलो कारोबार १६१ रुपैयाँबाट सुरु भएको हो।

नेप्सेले कम्पनीलाई न्युनतम ९६.६९ रुपैयाँदेखि अधिकतम २९०.७ रुपैयाँसम्मको रेञ्ज दिएको थियो। तर लगानीकर्ताले १६१ रुपैयाँमै म्याचिङ गरिदिए पछि कम्पनीले आफ्नो मूल्य तय गर्न अझै केहि दिन कुर्नु पर्ने भएको छ।

Esewa
Crest

यस अगाडि प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक शेयरमा पनि यस्तै भएको थियो। पहिलो कारोबार १३७ रुपैयाँमै सुरु भएको थियो। कतिपयले कम्पनीको वित्तीय अवस्था खासै राम्रो नभएकाले थोरै मूल्यबाट कारोबार सुरु भएको भन्दै विश्लेषण गरेका थिए। तर केहि दिनमै कम्पनीको शेयर मूल्य १०१६ रुपैयाँसम्म पुग्यो।

ब्रोकर नम्बर ५९ र ३४ बाट १० कित्ता बिक्री भएको छ भने ब्रोकर नम्बर ३२ बाटै खरिद भएको छ। कम्पनीले पुस २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गरेको थियो। कम्पनीको प्राथमिक शेयरमा १२ लाख २५ हजारले आवेदन दिएकोमा एक लाख ३९ हजारले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।

चन्द्रागिरीले सर्वसाधारण समुहका लागि १२ प्रतिशत शेयर जारी गरेको छ। उक्त १२ प्रतिशत शेयर आजदेखि दोस्रो बजारमा कारोबार खुला भएको हो। प्रभावितका लागि जारी गरिएको २ प्रतिशत र सर्वसाधारणका लागि जारी गरिएको १० प्रतिशत क्रमश तीन लाख ६ हजार र १५ लाख ३४ हजार कित्ता रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS