IME Life New

प्रभु क्यापिटलले विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सेवा दिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राखी विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म विभिन्न सेवाहरु प्रदान गर्ने भएको छ । कम्पनीले ग्राहकलाई नियमित कार्यालय समय बाहेक विहान र साँझको अतिरिक्त समयमा समेत डिम्याट खाता सम्बन्धी सेवा प्रदान गरी डिम्याट खाता सम्बन्धी सेवालाई अझ प्रभावकारी बनाउने अभिप्रायले यही माघ २५ गते आइतबारदेखि सार्वजनिक बिदा र शनिबारको दिन बाहेक हरेक दिन लागू  हुनेगरी बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सेवा दिने जनाएको छ ।

विहान ८ बजेदेखि नियमित कार्यालय समय १० बजे सम्म र साँझ ४ बजेपछि बेलुकी ८ बजेसम्म “8 To 8” सेवा अन्तरगत यस्ता छन् सेवा
डिम्याट खाता खोल्ने,
मेरो शेयर खाता खोल्ने,
डिम्याट र मेरो शेयर खाता नविकरण गर्ने,
मेरो शेयरको पासवर्ड रिसेट गर्ने,
भौतिक शेयरलाई अभौतिकीकरण कार्य गर्ने,
बैंक खाता लगायत डिम्याटका विवरणहरु अद्यावधिक गर्ने,
राफसाफको लागि DIS लिने,
शेयर रोक्का राख्ने कार्य, आदि ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS