काठमाडौं । आज शेयर बजार नेप्से ८ दशमलव ३४ अंकले बढेर २,४७५ दशमलव २६ को विन्दुमा कायम भएको छ । बैंकिङ, होटल्स, विकास बैंक, फाइनान्स, जीवन बीमा समुह र म्युचअल फण्ड उपसूचक घटेका छन् । आज २ सय १ कम्पनीको १ करोड ८७ लाख १९ हजार ४ सय ८९ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ६१ करोडमाथिको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै पुनर्बीमा कम्पनीको २७ करोडमाथिको शेयर कारोबार भएको छ । त्यस्तै, डिप्रोक्स लघुवित्तको २४ करोडमाथिको शेयर कारोबार भएको छ । ग्लोबल आईएमई बैंकको २० करोडमाथिको शेयर कारोबार भएको छ भने नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १९ करोडमाथिको शेयर कारोबार भचएको छ ।
त्यस्तै, आज सबैभन्दा धेरै सूर्यादय लघुवित्तका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने समिट लघुवित्त, जनउत्थान सामुदायिक लघुवित्तका लगानीकर्ताले ९ दशमालव ९९ प्रतिशतका दरले कमाएका छन् । त्यसैगरी आज सबैभन्दा धेरै प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले ३ दशमलव ४७ प्रतिशतले गुमाएका छन् ।