IME Life New

चन्द्रागिरी हिल्सको आइपीओ नेप्सेमा सुचिकृत, कति पाउँछ ओपनिङ्ग रेञ्ज ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चन्द्रागिरी हिल्सले दोस्रो बजारमा प्राथमिक शेयर सूचिकरण गरेको छ। कम्पनीले बुधरबार दोस्रो बजारमा कारोबारका लागि सूचिकृत गरेको  धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक पारषमणी ढकालले जानकारी दिए।  केहिदिन भित्रै कम्पनीको कारोबार हुने भएको छ।

दोस्रो बजारमा सूचिकृत हुनु अगाडी लगानीकर्ताको हितग्राही खातामा जम्मा भैसकेको छ।  कम्पनीलाई नेप्सेले ‘सिजीएच’ सिम्बोल प्रदान गरेको छ ।

Esewa
Crest

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि प्रति शेयर न्युनतम ९६ रूपैयाँ ६९ पैसादेखि अधिकतम २९० रुपैयाँ ७ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।

कम्पनीले पुस २४ गते शुक्रबारबाट पुस २८ गते मंगलबारसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १५ करोड ३४ लाख ९ हजार एक सय रूपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता साधारण शेयर निष्काशन तथा बिक्री खुला गरेको थियो ।

जसमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३ सय ६४ कित्ता कम्पनीका कर्मचारीलाई, ५ प्रतिशत अर्थात ७६ हजार ७ सय ५ कित्ता म्युचुअल फण्डहरूलाई र बाँकी १३ लाख ९६ हजार २२ कित्ता सर्वसाधारणको लागि छुट्याइएको थियो ।

गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा १ लाख ३९ हजार ६ सय २ जनाले १० कित्ताका दरले शेयर हात पारेका थिए भने २ जनाले ११ कित्ता शेयर पाएका थिए । बाँकी १० लाख ७७ हजार जना भन्दा धेरै आवेदकको हात खाली भएको थियो

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS