काठमाडौं । आइएमई लिमिटेडले रोजगारीको सिलसिलमा विदेशमा मृत्यु भएका पाँच जना व्यक्तिहरुको परिवारलाई सहयोग रकम हस्तान्तरण गरेको छ । आइएमई लिमिटेडले सञ्चालन गरेको आइएमई भरोसा कोषमा आवद्ध भएका मृतकका परिवारहरुलाई सहयोग रकम प्रदान गरेको जनाएको छ ।
आइएमई लुम्बिनी प्रदेश कार्यालय घोराहीले एक कार्यक्रमको आयोजना गरी कोभिड–१९ का कारण विदेशमा मृत्यु भएका श्रमिकको घरपरिवारलाई जनही नगद ५० हजारका दरले २ लाख ५० हजार रुपैया प्रदान गरेको बताएको छ ।
कार्यक्रममा आईएमई समुह अन्र्तगतको आइएमई जनरल इन्सोरेन्सबाट प्रमोदकुमार गौतम, आइएमई कोर्पिटिप सर्भिस लिमिटेडबाट माधव केसी, आइएमई मोटर्सबाट विपिन आचार्य लगायतको उपस्थिति रहेको थियो ।