काठमाडौं। पठाओमा चढ्ने यात्रुहरुको पनि बीमा भएको छ। पठाओ नेपाल प्रा, राइड शेयरिङ तथा फुड डेलिभरी एपले ग्राहक र चालकको बीमा गरेको जनाएको छ ।
एभरेष्ट इन्स्योरेन्स कम्पनीमा बीमा गरिएको हो। राइडको दौरान कुनै पनि ग्राहक तथा चालकको दुर्घटनाका कारणले मृत्यु, अपांगता भएमा बढीमा ५ लाख रुपैयाँसम्म बीमाबाट उपलब्ध हुने छ।
कुनै पनि ग्राहक तथा चालकले १ लाखसम्मको दुर्घटना उपचार बीमा पनि पाउने छन्। यी दुवै सेवाहरु उपयोग गर्नका लागि सम्बन्धित व्यक्तिले दुर्घटना भएपछि ३० दिनभित्र बीमा कम्पनीको नियमानुसार तोकिएको कागजातहरुसहित निवेदन दिनुपर्नेछ ।