काठमाडौं । नेप्से १५ दशमलव ८७ अंकले बढेर २३४२ दशमलव ७६ को विन्दुमा कायम भएको छ । बैंकिङ, ट्रेडिङ, होटल, उत्पादनमूक क्षेत्र र अन्य बाहेक आज अरु उपसूचकमा हरीयाली छाएको छ ।
दिनभरिमा २ सय ११ सय वटा कम्पनीको १ करोड ५९ लाख ८१ हजार ९ सय ५२ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब २१ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
नेपाल लाइफको ६१ करोड ४० लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, प्रभु बैंकको २९ करोड ५२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। त्यस्तै, नेपाल पुनर्बीमाको २७ करोडमाथिको शेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्सको २५ करोडमाथि, एनआइसी एशिया बैंकको १८ करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल टेलिकमको १५ करोडमाथिको शेयर कारोबार भएको छ ।