काठमाडौं । महुली लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारीको माग गरेको छ । संस्थाले सुचना प्रविधि व्यवस्थापन विभागमा सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृतका लागि १ जना, वित्त व्यवस्थापन विभागमा सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृतका लागि १ जना, कर्जा असुली तथा जोखिम व्यवस्थापन विभागमा सहायक प्रबन्धक, वरिष्ठ अधिकृत, अधिकृतका लागि १ जना, विभागीय सहायकका लागि केही, प्रदेश प्रमुखका लागि केही, अनुगमन अधिकृतका लागि केही र प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारीको माग गरेको जनाएको छ ।
संस्थाले आफ्नो केन्द्रीय कार्यालय, शाखा कार्यालय तथा प्रदेशका लागि उल्लेखित कर्मचारीको मगा गरेको जनाएको छ । ईच्छुक तथा योग्यता पुगेकाले माघ २१ गते कार्यालय समयभित्र आवेदन दिइसक्नुपर्ने जनाएको छ ।