काठमाडौं । नेप्से १७ दशमलव ३१ अंकले बढेर २३३२ दशमलव ३२ को विन्दुमा कायम भएको छ । हाईड्रोपावर बाहेक आज अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । दिनभरिमा २ सय ७ सय वटा कम्पनीको १ करोड ५४ लाख ९६ हजार ७ सय १४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३१ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रभु बैंककोे ३३ करोड ४६ लाख रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल टेलिकमको २६ करोड ८५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। एनआइसी एशिया बैंकको २० करोडमाथिको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमाको १७ करोडमाथि, नेपाल लाइफको १६ करोडमाथिको शेयर करोबार भएको छ ।