IME Life New

मेटलाईफ नेपालले दुई नयाँ डिजिटल सल्युसनको शुरुवात

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

मेटलाईफले नेपालमा आफ्नो १७ औं वार्षिकोत्सव मनाउँदै, ग्राहकको अनुभव वृद्धि गर्नका लागि KITE नामकGlobal Sale & Servicing Platform (GSSP) – powered mobility sales solution र कम्पनीकोे उत्पादन र सेवाहरुको प्रस्तावलाई अझ सजिलो तरिकाले ग्राहकहरुले चलाउन सक्ने नयाँ र सुधार गरिएको वेबसाईट गरी दुईवटा नयाँ डिजिटल सल्युसनको अनावरण गरेको छ।

काठमाण्डाैंमा भएको कम्पनीको कार्यक्रमका दौरान यो नयाँ डिजिटल सल्युसनको पहललाई मेटलाईफका बंगलादेश, नेपाल र म्यानमारका अध्यक्ष एम्.नुरुल इस्लामले उद्घाटन गरेका हुन् ।

Crest

KITE एउटा डिजिटल सेल्स आवेदन प्रणाली हो जस मार्फत कम्पनी एजेन्ट र वित्तिय योजनाका परामर्शदाताले जुनै समय र जहाँसुकै पनि ग्राहकलाई सहज र भिन्न अनुभव प्रदान गर्न सक्षम बनाउँदछ । इच्छुक ग्राहकहरुलार्इ अब KITE application ले बीमा बारे जानकारी लिन, दृष्टान्त हेर्न, आवेदन फारम पुरा गर्न र डिजिटल माध्यमबाटै आवेदन पेश गर्न सक्नेछन् ।

यस डिजिटल सल्युसन नेपालको बीमा उद्योगमा शुरु गरिएको पहिलो प्रकारको नयाँ सल्युसन हो र यसलाई पहिलो चरणको शुरुवातमा छनौट गरिएका एजेन्टहरुलाई उपलब्ध गराईनेछ ।

मेटलाईफ नेपालले आफ्नो वेबसाईटलाई Adobe Experience Manager (AEM) मञ्चमा एकीकरण गरीGlobal Web Experience प्रदान गर्नका लागि पुनर्नि्र्मित गरेको छ । यस मञ्चमा होस्ट भएको यो नेपालको पहिलो वेबसाईट हो । यो स्थानान्तरणले दर्शकहरुलाई मेटलाईफको वेबसाईटमा सजिलै पहुँच दिनका साथसाथै कम्पनीले अवलम्बन गरेका नीति तथा अन्य सार्न्दर्भिक जानकारीहरु प्रदान गर्दछ ।

मेटलाईफ नेपालका उपाध्यक्ष एवं महाप्रबन्धक निर्मल काजी श्रेष्ठ भने “हाम्रो समूहले यस पहललाई नेपालमा शुरुवात गर्नका लागि अमेरिका, हङकङग, सिंगापुर र मलेसियाका हाम्रा विश्वव्यापी र क्षेत्रीय समूहसँग निरन्तर काम गरेको छ ।

विश्वव्यापी विशेषज्ञता र समाधान मार्फत हामी हाम्रा ग्राहकहरुको जीवनलाई अझ साधारण र सहज बनाउन सक्नेछौं । यस्ता पहलहरुले नेपाली बीमा उद्योगको जगतमा डिजिटल संसारको शुरुवात भएकोमा म पूर्णरुपमा विश्वस्त छु ।”

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS