IME Life New

सुपरदोर्दी इन्भेष्टमेन्टको साधारणसभाको मिति तय, यता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सुपरदोर्दी इन्भेष्टमेन्ट कम्पनी लिमिटेडको छौटौं वार्षिक साधारणसभा माघ २५ गते हुने भएको छ । कम्पनीले पिपुल्स हाईड्रोपावरको सभाहलमा दिउँसो ३ बजे सभा आयोजना गर्ने भएको हो ।

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गर्नेछ । त्यस्तै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने एजेण्डा छ ।

Esewa
Crest

सभामा कम्पनी पिपुल्स हाईड्रोपावर लिमिटेडमा मर्जर हुने, प्राप्ति गर्ने सन्दर्भमा आवश्यक पर्ने विभिन्न समितिहरु गठन गर्ने, आवश्यक विषय विज्ञहरुको नियुक्ति गर्ने र नियमनकारी निकाय वा अन्य कुनै कार्यालयहरुबाट कुनै पनि विषयमा संशोधन, परिमार्जन, थपघट वा परिवर्तन गर्न कुनै दिर्नेशन प्राप्त भएमा सो कार्यहरु समेत गर्न कम्पनीको सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने प्रस्ताव रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS