IME Life New

लोकसेवा आयोगले माग्यो ठुलो संख्यामा कर्मचारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । लोकसेवा आयोगले नायब सुब्बा तथा सो सरहका पदका लागि ४१२ कर्मचारीको माग गरेको छ । आयोगले धनकुटा कार्यालयका लागि विभिन्न पदमा ४७ जना, जलेश्वर कार्यालयका लागि ४९ जना, काठमाण्डौं कार्यालयका लागि १५१ जना, पोखरा कार्यालयका लागि ५२ जना, बुटवल कार्यालयका लागि ५३ जना, सुर्खेत कार्यालयका लागि २३ जना र दिपायल कार्यालयका लागि ३७ जना गरी जम्मा ४१२ जनाको दरखास्त खुलाएको छ ।

योग्यता पुगेका १८ वर्ष उमेर पूरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपाङ्ग उम्मेदवारहरुको हकमा ४० वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्ने आयोगले जनाएको छ ।

Esewa
Crest

ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले माघ २० गतेसम्म दरखास्त दिन सक्नेछन् भने डब्बर दस्तुर तिरेर माघ २७ गतेसम्म दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS