IME Life New

चन्द्रागिरी हिल्सको आईपिओ भर्ने आज अन्तिम दिन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चन्द्रागिरी हिल्सले जारी गरेको करिब १५ करोड रुपैयाँको आईपिओ भर्ने आज अन्तिम दिन हो । कम्पनीले यही पुस २४ गतेदेखि सर्वसाधारणका लागि जारी गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।

काठमाडौंको थानकोटबाट चन्द्रागिरी पहाडमा केवलकार सञ्चालन गर्दै आएको सो कम्पनीले १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँ बराबरको १५ लाख ३४ हजार ९१ कित्ता आईपीओ निष्काशन तथा बिक्रीको लागि आवेदन खुल्ला गरेको थियो । कम्पनीले निष्काशन गरेको कुल १५ लाख ३४ हजार ९१ कित्ता शेयरमध्ये ४ प्रतिशत अर्थात ६१ हजार ३६४ कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ७६ हजार ७०५ कित्ता सामूहिक लगानीकोषहरुका लागि सुरक्षित गरेर बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्ता शेयर सर्वसाधारणलाई गोलाप्रथाको माध्यमबाट वितरण गरिनेछ ।

Esewa
Crest

सो आईपिओ गोलाप्रथाको माध्यमबाट बिक्री वितरण हुनेछ । मागभन्दा कैयौं गुणा बढि आवेदन परेकोले भाग्यचिठ्ठा अर्थात गोलाप्रथाको माध्यमबाट न्यूनतम १० कित्ताका दरले एक लाख ३९ हजार ६२२ जनाले मात्रै शेयर पाउने छन् भने बाँकी १० लाखभन्दा बढिको हात खाली हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS