काठमाडौं । नेप्से ४१ दशमलव २४ अंकले बढेर २२३५ दशमलव ७२ को विन्दुमा कायम भएको छ । जीवन बीमा बाहेक आज अन्य उपसूचकमा हरीयाली छाएको छ ।
दिनभरिमा २ सय ७ सय वटा कम्पनीको १ करोड ५० लाख ३० हजार ८ सय ३६ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३२ करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रभु बैंकको ४० करोड २९ लाख रुपैयाँको कारोबार भएको छ । आज सबैभन्दा धेरै प्रभु लाइफ इन्स्योरेन्स कम्पनीका लगानीकर्ताले १० प्रतिशतभन्दा बढीका दरले कमाएका छन् । नारायण्ी डेभलपमेन्ट बैंक, आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था, कुमारी बैंक, यूर्नाटेड फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, नेपाल फाइनान्स, प्राइम कमर्सियल बैंक, महालक्ष्मी विकास बैंक र लम्बिनी विकास बैंक लगायतका लगानीकर्ताले कमाएका छन् ।