Connect IPS
IME Life

अपि पावरको हकप्रद शेयर बाँडफाँड

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले पुस ६ गते, सोमबारबाट पुस १३ गते, सोमबारसम्म लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको अवितरित हकप्रद शेयरमा परेका बोलपत्रहरू पुस १९ गते, आइतबार खोलिएको छ । उक्त बोलपत्रहरू पौष २३ गते बाँडफाँड गर्न कम्पनीको सञ्चालक समितिमा पेश गरिएको छ ।

बोलपत्रमा नपरेका बोलपत्रवालाहरुलाई बोलपत्र फाराममा उल्लेख गरेको बैंक खातामा पौष २७ गते, सोमबारबाट रकमान्तर गरिने पनि कम्पनीले जानकारी दिएको छ । आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गरी रकम जम्मा नभएको खण्डमा सिद्धार्थ क्यापिटल लिमिटेड नारायनचौर, नक्साल, काठमाडौंमा सम्पर्क राख्न आग्रह गरेको छ ।

Prabhu
Crest

बाँडफाँडमा परेको शेयरधनीहरुको शेयर नेपाल स्टक एक्सचेञ्ज र सिडिएस एण्ड क्लिययरिङ्ग लिमिटेडमा सूचिकृत भएपश्चात बोलपत्र फाराममा उल्लेख गरेको हितग्राही खातामा जम्मा गरिने जनाएको छ ।

कम्पनीले कार्तिक १४ गते, शुक्रबारदेखि मंसिर ४ गते, बिहीबारसम्म निष्कासन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन नपरेको सर्वसाधारण समूहको १३ लाख ४६ हजार २ सय १८ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS