IME Life New

सामाजिक सञ्जालमा गालीगलौजविरुद्ध साईबर क्राईम मुद्दा चलाउन स्टक ब्रोकर एशोसिएशनको माग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक ब्रोकर एशोसियशनले सामाजिक सञ्जालमा नक्कली नामबाट ब्रोकर कम्पनीहरुलाई गाली गर्नेहरुका विरुद्धमा साईबर क्राईमको मुद्दा चलाउन माग गरेको छ ।

संघले आज बिज्ञप्ति निकालेर क्षदम नाममा गाली गर्ने, धम्की दिने, नचाहिँदो हल्ला गर्ने क्रम बढेको भन्दै ब्रोक कम्पनीहरुलाई काम गर्नै कठिन भएको गुनासोसहित त्यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई कानुनी कारवाहीको माग गरिएको हो ।

Esewa
Crest

एशोसियशनका महासचिव जिएन भुसालले बुधबार बिज्ञप्ति निकालेर सामाजिक सञ्जालमा तथानाम गाली गलौज गर्नेहरुका विरुद्धमा प्रहरीको सहयोग माग्ने चेतावनी दिइएको हो । संघले काल्पनिक नाम, बेनामे, फर्जी नामबाट धितोपत्र सम्बन्धी कारोवार गर्ने निकाय, संस्था तथा व्यक्तिहरुको नामै तोकेर हल्ला गर्ने, तर्साउने, धम्क्याउने, अश्लिल गाली गर्ने जस्ता कार्य बढेकोले उल्लेखित व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।

साथै संघले सबै सदस्यहरुलाई शेयर बजारको गरिमा कायम हुने सन्देशहरु प्रवाह गर्ने तथा अनावश्यक र प्रमाणित नभएका झुठा विवरणहरु राखेर गाली गर्नेहरुलाई प्रहरीमा उजुरी गर्न आह्वान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS