IME Life New

सिनर्जी पावरको संयुक्त साधारण सभा सम्पन्न, ५% लाभांश पारित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको १२औँ, १३औँ र १४औँ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । उक्त सभा कम्पनीको रजिष्टर्ड कार्यालय, नक्साल, काठमाडौंमा सम्पन्न भएको हो ।

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारबाट जारी गरिएका स्वास्थ्य सम्बन्धी निर्देशन एवं मापदण्डहरूको परिपालना गर्दै वार्षिक साधारण सभा अनलाइन प्रविधि मार्फत सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

Esewa
Crest

सभाले कम्पनीको मंसिर ३० गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले निर्णय गरे बमोजिम शेयरधनीहरूलाई ४ दशमलव ७५ प्रतिशत बोनस शेयर र ० दशमलव २५ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरि कुल ५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरेको छ ।

सभामा सञ्चालक समितिको तर्फबाट कम्पनीको अध्यक्षद्वारा वार्षिक प्रतिवेदन पारित गरिएको छ । त्यस्तै, सभामा कम्पनीको लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका एजेण्डाहरु पारित भएको समेत कम्पनीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS