काठमाडौं । बीमा पुलले कोरोना बीमा दावी परेका ४२ हजार भन्दा बढि फाईलहरु प्रारम्भिक रुपमा प्रमाणिकरण गरिएको जनाएको छ । आवश्यक कागजात पूरा भएको आधारमा बीमा दावी प्रक्रिया अघि बढाइएको बीमा समितिले आज जारी गरेको सूचनामा जनाइएको छ ।
बीमा समितिका अनुसार मंगलबारसम्ममा दुई अर्ब नौ करोड ६३ लाख २५ हजार रुपैयाँ दावी भुक्तानी गरिएको छ । हालसम्म २१ हजार ५०१ जनाले कोरोना बीमा दावी बापतको रकम बुझेको बीमा समितिले जनाएको छ । समितिका अनुसार कोरोना बीमा दावीको लागि प्राप्त भएका फाईल मध्ये आधा मात्रै दावी भुक्तानी गर्न बाँकी छ । ति फाईलहरु विभिन्न निकायमा थप प्रमाणिकरणको क्रममा रहेको समेत जनाएको छ ।