काठमाडौं । बहुमूल्य धातु सुनको मूल्य झण्डै एक हजार रुपैयाँले बृद्धि भएर प्रतितोला ९५ हजार ३०० पुगेको छ । साताको दोस्रो दिन सुनको मूल्यमा आठ सय रूपैयाँले बृद्धि भएको हो । हिजो प्रतितोला ९४ हजार ५ सय रहेको सुन सोमबार एकै दिन झण्डै एक हजार रुपैयाँले बृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यबृद्धि भएकोले नेपालमा पनि बृद्धि भएको जनाएको छ । गत शुक्रबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८९८.६० डलरमा कारोबार भएको सुनको मूल्य आज सोमबार बढेर प्रतिऔंस १९२३.६० डलर पुगेको छ ।
उता, बहुमूल्य अर्को धातु चाँदीको मूल्यमा पनि बृद्धि भएको छ । चादीको मूल्यमा प्रतितोला २५ रुपैयाँले बृद्धि भई १३२५ पुगेको सुनचाँदी व्यवसायी महासंघले तोकेको मूल्यसूचिमा उल्लेख छ ।