काठमाडौँ । घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडले पाँचौ र छैठौँ वार्षिक साधारण सभा माघ १५ गते गर्ने भएको छ । कम्पनीको पुस १७ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको पाँचौ र छैठौँ वार्षिक साधारण सभाको मिति तय गरेको हो । उक्त सभा होटल मुनलाईट पक्नाजोल, काठमाडौंमा बिहान ११ बजेबाट सुरू हुने कम्पनीले जनाएको छ ।
सभामा कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७५/७६ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७४/७५ र आर्थिक वर्ष २०७५/७६ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गर्ने एजेण्डा रहेको छ ।
सभामा आर्थिक वर्ष २०७६/७७ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक पनि तोकिने एजेण्डा छ ।