IME Life New

निजामति कर्मचारी भर्नामा कोडिभको असर, वर्ष दिनमा ३०४ जना मात्रै नयाँ कर्मचारी भर्ना

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाउन नेपाल सरकारको प्रशासनिक निकाय चलाउने निजामति कर्मचारीमा आम युवाहरुको आकर्षणको केन्द्र बन्ने गरेको छ । विगतका वर्षहरुमा हजारौं कर्मचारी भर्ना गर्ने लोकसेवा आयोगले गत आर्थिक वर्षमा जम्मा ३०४ जनालाई मात्रै नयाँ नियुक्ती दिन सफल भएको छ ।

लोकसेवा आयोगको नियमित कारवाही प्रभावित हुँदा हजारौं युवाहरुको प्रतिक्षा अझै पर धकेलिन पुगेको छ । कोभिड महामारीका कारण आयोगले निकाल्ने विज्ञापन, परीक्षालगायतका काम रोकिएपछि सिफारिस संख्या कम भएको आयोगले जनाएको छ । आयोगले हिजो राष्ट्रपति विद्यादेवी भण्डारीलाई बुझाएको प्रतिवेदनमा गत आर्थिक वर्षमा अहिलेसम्मकै न्यून कर्मचारी भर्ना गरिएको तथ्याङ्क सार्वजनिक गरेको हो ।

Esewa
Crest

विगतका वर्षहरुमा आयोगमार्फत बार्षिक न्यूनतम पाँच हजार वा सो भन्दा बढि कर्मचारी सिफारिस हुने गरेकोमा यस वर्ष कोभिडका कारण नयाँ कर्मचारी भर्ना सम्बन्धी विज्ञापन प्रकाशन लगायतका छनौट कार्य सम्पन्न गरी भर्ना गर्न नसकिएको जनाएको छ । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदी यस वर्ष अहिलेसम्मकै न्यून कर्मचारी भर्ना भएको स्वीकार गरेका छन् ।

आयोगले हिजो आफ्नो ६१ औं प्रतिवेदन राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष प्रस्तुत गरेको छ । कोभिडको कारण जनाउँदै चैत ११ देखि लकडाउन लगाइएपछि सरकारले नयाँ विज्ञापनको प्रकाशन र परीक्षाहरूमा रोक लगाएको थियो । अन्तिम अवस्थामा पुगेका परिक्षा समेत स्थगित भएपछि गत वर्ष नै सिफारिस भइसक्नेहरु पनि अल्झिएर बस्नु परेको आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS