काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको निमित्त प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा हरिकृष्ण जोशी नियुक्त भएका छन् । कम्पनीको यही पुस १६ गते बसेको सञ्चालक समितिको बैठकले जोशीलाई निमित्त सिईओको जिम्मेवारी तोक्दै कम्पनी सचिवको समेत भूमिकामा नियुक्त गरेको छ ।
कम्पनीका सिईओ किरण कुँवरले हिजोबाट करार अवधी सकिएर अवकास लिएपछि सिईओ तथा कम्पनी सचिव पदमा जोशीलाई नियुक्त गरिएको कम्पनीले जनाएको छ । जोशीले उक्त कम्पनीको दुवै पद सम्हाल्नेछन् ।