IME Life
GBIME

राइड सेयरिङ, फुड र अनलाईन सपिङ अब एउटै एपमा

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सम्पूर्ण अनलाईन सुविधा भएको सुपर एप सार्वजनिक भएको छ । विजनेश ग्रोथ कम्पनिले सञ्चालनमा ल्याएको बहुउपयोगी सूपर एप नामको उक्त एपमा राइड सेयरिङदेखी अनलाईन सपिङसम्मको सुविधा रहेको कम्पनिले जनाएको छ ।

हाल राइड सेयरिङ मात्र सञ्चालन गरेको कम्पनिले केहि समयपछि सबै सुविधा थपिने कम्पनिका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए ।पछिल्लो समय लोकप्रिय भएको राइड सेयरिङ सेवालाई यस एपले विना इन्टरनेट वा एसएमएस गरेर पनि सेवा लिन सकिन्छ ।

Crest

काठमाडौं उपत्यकामा मात्र नभई देशका अन्य शहरी भागमा पनि सेवा प्रदान गर्ने मुख्य लक्ष्य रहेको अध्यक्ष श्रेष्ठले बताए । कम्पनिले आफ्नो आम्दानीको केहि प्रतिशत समाजसेवामा खर्च गर्ने जनाएको छ ।

रोजगारी गुमाएका युवाका लागि राइड सेयरिङ सेवा आम्दानी गर्ने राम्रो माध्यम बनेको छ । राइड सेयरिङको माध्यमबाट युवाहरुले रोजगार पाउनुका साथै सेवाग्राहिहरुले सस्तो, विश्वसनिय सेवा पाउने छन् भने समयको बचत हुने कम्पनिका सिइओ विशाल जिसीले जनाए । एपमा उच्च गुणस्तरको प्रविधिको प्रयोगका गरिएको छ । कम्पनिमा दक्ष अनुभवि सात जना व्यवस्थापक र प्राविधिक कार्यरत रहेका छन् ।

सुपर एपको हाल प्रयोगकर्ता बढि रहेका छन् । राइडर र ग्राहकमाझ सुपर एप लोकप्रिय रहेको छ । हाल सुपर एपकोे प्रयोगकता १५,००० भन्दा बढि रहेको छ भने ५,०००ं भन्दा बढि सवारी पार्टनरहरू रहेका छन् ।

सुपर एप डाउनलोड गरी मोबाइल नम्बर सहितको आफ्नो व्यक्तिगत विवरण भरेर बाइक र गाडी छनौट गरी राइडरहरुले आफुलाई रजिस्टर गराउन सक्ने श्रेष्ठले जानकारी दिए । साथैग्राहकले पनि सुपर एप डाउनलोड गरेर व्यक्तिगत विवरण भरेर रजिस्टर गराउन सक्नेछन् । राइडर ले सुपर पार्टनर र ग्राहकले सुपर एप डाउनलोड गर्नु पर्नेहुन्छ ।‘हाम्रो शूल्क बजारमा रहेका अरु भन्दा सस्तो हुन्छ,’ उनले भने, ‘त्यसमाथि राइडरबाट समेत अरुलेभन्दा थोरै कमिसन लिन्छौं ।’

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS