IME Life New

बीमा क्षेत्रको लागि सन् २०२०, महामारीका बीचमै नयाँ आशा टुसाउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अंग्रेजी पात्रो अनुसार सन् २०२० आजबाट सकिदैछ । सन् २०२० भरि नै कोरोना महामारीले दपेटेका कारण आर्थिक रुपमा खराव इतिहास दर्ज गर्दै सन् २०२० हामीबाट विदा भएको छ ।

कोरोना महामारीको चर्को मारमा परेको सन् २०२० मै नेपाली बीमा क्षेत्रमा नयाँ आशा टुसाउन भने सफल भएको छ । कोरोना महामारीका बीचमा अर्थतन्त्रमा आउने मन्दीका कारण सिंगो बीमा क्षेत्र प्रभावित हुने आशंकाका बीचमा बीमा क्षेत्रले सकारात्मक नतिजासहित अघि बढिरहँदा बीमाको बजार र व्यवसाय दुवै बृद्धि हुने संकेत दिएर नयाँ आशा टुसाउन सफल भएको हो ।

Esewa
Crest

बीमा समितिले तेस्रो पक्ष बीमा पुलमार्फत सञ्चालन गर्ने कार्यविधि पास गरी गत वर्षको माघ १ गतेदेखि तेस्रो पक्ष बीमा नेपालमा सञ्चालित २० वटै निर्जिवन कम्पनीहरुले सामूहिक रुपमा गर्न थालेका थिए । तेस्रो पक्ष बीमा पुलमार्फत सञ्चालन गरेको एक वर्ष पुग्नै लागेको छ । सन् २०२० को सुरुवातमै सुरु गरिएको बीमा सम्बन्धी नयाँ प्रयोगको रुपमा तेस्रो पक्ष बीमालाई लिइएको थियो ।

नेपाल जीवन बीमक संघको औपचारिक रुपमा संस्थापना भई २०२० बाटै संस्थागत रुपमा कार्य प्रारम्भ गरेको हो । २०१९ को अन्तिममा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको नेपाल जीवन बीमक संघले २०२० मै पहिलो पटक भूमिका देखिएको हो । संघले कोभिडको समयमा समन्वय गरी काम गर्दै आएको छ । केही साता अघि मात्रै साधारणसभा गरी नयाँ नेतृत्व समेत चयन गरेर अघि बढेको छ ।

सन् २०१९ मै संसदमा दर्ता भई छलफलमा अघि बढेको बीमा विधेयक यस वर्ष पनि पास हुन सफल भएन । कोभिडका कारण संसदमा प्रभावकारी छलफल गर्न नपाएको बीमा विधेयक जतिसक्दो छिटो पास गर्ने प्रयास गर्दा गर्दै संसद नै राजनीतिको सिकार हुन पुगेपछि अझै पर धकेलिन पुगेको छ ।

सन् २०२० मा बीमा समितिले एक दर्जन नयाँ निर्देशिकाहरु जारी गरी बीमा क्षेत्रमा नियमनलाई थप प्रभावकारी बनाएको छ । बीमा समितिले सन् २०२० मा निम्न निर्देशिकाहरु जारी गरेको थियो ।

२०७७/७८
-पुनर्बीमा बीमा ब्यवसाय गर्ने बीमकहरुको NFRS मा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका, २०७७
-निर्जीवन बीमा ब्यवसाय गर्ने बीमकहरुको NFRS मा आधारित वित्तीय विवरण सम्बन्धी निर्देशिका, २०७७
-कृषि तथा पशुपन्छी बीमा निर्देशिका,२०७७ (जारी मिति: २०७७/०८/१५)
-कोरोना बीमालेख – Corona Insurance Policy (Ammendment Date: 2077.05.28)
-जीवन बीमा व्यवसाय गर्ने बीमकको बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी निर्देशिका, २०७७ (परिमार्जीत मिति:२०७७/०५/०२)
-कोरोना बीमा मापदण्ड, २०७७(जारी मिति:२०७७/०४/२१)
२०७६/७७
-निर्जीवन तथा पुनर्बीमा व्यवसाय गर्ने बीमकको बीमाङ्कीय मूल्याङ्कन सम्बन्धी निर्देशिका, २०७६(जारी मिति:२०७६/१२/०६)
-बीमा दाबी भुक्तानी मार्गदर्शन, २०७६(जारी मिति:२०७६/११/२१)
-बीमकको सूचना प्रविधि मार्गदर्शन, २०७६(जारी मिति:२०७६/११/१४)
-RISK MANAGEMENT GUIDELINES FOR INSURANCE COMPANY,2076(जारी मिति:२०७६/११/१४)
-लघु बीमा निर्देशिका, २०७६(परिमार्जित मिति:२०७६/११/०८)

सन् २०२० निर्जिवन बीमा क्षेत्रका लागि निकै अप्रिय र कालो वर्षको रुपमा रहन पुगेको छ । कोरोना भाइरस जस्तो महामारीको बीमा गर्ने भन्दै बीमा समितिले नयाँ पोलिसी जारी गरेको तथा बीमा कम्पनीहरुले पनि हचुवाको भरमा व्यवसाय आयो भन्दैमा भटाभट कोरोना बीमा गरेका कारण झण्डै छ अर्बभन्दा बढि दायित्व सिर्जना भई सो दायित्व कसले भुक्तानी गर्ने भन्ने विवामा फस्न पुगेको अवस्था छ । कोरोना बीमाको कारण सन् २०२० ले अर्बौ रुपैयाँको दायित्व नेपाली बीमा क्षेत्रलाई बोकाएर विदा भएको छ । बीमा समितिले नयाँ बनाउने भनेको भवनको प्रक्रिया पूरा नभई अलपत्र अवस्थामा अल्भिन पुगेको छ भने विभिन्न निकायबाट बीमा गर्ने गराउने कार्यले झनै तीव्रता पाएर बीमाको नियमन थप चुनौतिपूर्ण अवस्थामा उभिन पुगेको छ ।

कोरोना महामारीको चौतर्फी त्रास, आशंका र भयका बीचमा सन् २०२० ले बीमा क्षेत्रमा नयाँ आशा छोेडेर जान सफल भएको छ । महामारीका बीचमा पनि बीमाको व्यवसाय औषत रुपमा बृद्धि हुनुले आगामी दिनमा बीमा व्यवसायको भविष्य उज्वल छ भनेर पुष्टि हुन आएको छ ।

निर्जिवन बीमा र जीवन बीमा व्यवसाय दुवैमा बृद्धि भएको, कोभिड–१९ जस्तो विश्वव्यापी महामारीले नेपालमा उत्पात मच्चाएर अर्थतन्त्रमा प्रभाव पार्दा समेत बीमा व्यवसाय सामान्य रुपमा सञ्चालन भइरहनु, बीमा कम्पनीहरुका वित्तीय प्रतिवेदनहरुमा मुनाफामै देखिनुले नेपाली बीमा क्षेत्र निकै बलियो, शसक्त र मजबुत रहेको पुष्टि हुन आएको छ । यसले कोरोना महामारी अन्त्यपछि बीमा क्षेत्रले नयाँ गतिका साथ दौडने पुष्टि तथ्य पुष्टि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS