काठमाडौं । इक्रा नेपालले नेपाल इन्फ्रास्ट्रचर बैंक लिमिटेडलाई इक्रा एनपी बीबीबी रेटिङ्ग दिएको छ । उक्त रेटिङ्ग प्राप्त गर्ने निकायहरु समयमा वित्तीय दायित्वपूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिने इक्रा नेपालले बताएको छ । यस्ता निकायहरुमा मध्यम क्रेडिट जोखिम रहेको हुन्छ ।
उक्त कम्पनीले गत पुस १० गतेमात्र सर्वसाधारणलाई आईपीओ विक्री गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ विक्री गर्न अनुमति पाएको हो ।
हाल उक्त कम्पनीको चुक्तापूँजी १२ अर्ब रहेको छ । आईपीओ पश्चात यो पूँजी २० अर्ब पुग्नेछ ।